नेविसंघले २८ गते सरकारविरूद्ध सिठ्ठी फुक्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ।

७७ जिल्लामै मंसिर २८ गते अपरान्ह ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ।

कम्युनिष्ट सर्वसत्तावाद, कोरोनाका नाममा भ्रष्टाचार, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ मा दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम गर्न लागेको नेविसंघको जनाएको छ। 

नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ। 

प्रकाशित मिति: : 2020-12-10 13:58:00

प्रतिकृया दिनुहोस्