घाइते गाईको १२ दिनपछि उद्दार

फाइल तस्वीर
फाइल तस्वीर

१२ दिनदेखि घाइते भएर अलपत्र अवास्थामा रहेको गाईको वडा प्रहरी कार्यालय श्रीपुरले उद्दार गरेको छ।

राधेमाईस्थित कर्बोलमा अलपत्र अवस्थामा रहेको गाईको आज (बिहीबार) बिहान उद्दार गरि उपचार शुरु गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। 

कर्बोलबाट वीरगञ्ज महानगरले पठाएको जेसीबीको मद्दतले उठाएर जिल्ला पशु कार्यालय पर्सामा उपचार भइरहेको प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए। 

उनले जिल्ला पशु कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा गाईको उपचार शुरु गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-10 17:36:00

प्रतिकृया दिनुहोस्