आमिरका छोरा जुनैद पनि फिल्ममा

बिएल संवाददाता

काठमाडाै‌ं

बलिउडका चर्चित अभिनेता आमिर खानका छोरा जुनैद पनि फिल्ममा प्रवेश गरेका छन्। जुनैद आफ्नो पहिलो फिल्मा पत्रकारको भूमिका निर्वाह गर्दैछन्। 

भारतीय अखबारका अनुसार यशराज फिल्म्सले १८६२ को महाराज लिबेल मुुद्धालाई लिएर तयार पार्न लागेको पिरियड ड्रामामा अभिनय गर्न लागेका हुन्। 

गत वर्ष आमिरले आफ्नो छोराको विषयमा भनेका थिए, उनलाई फिल्मभन्दा बढी नाटकमा रुची छ। 

तर, मिड डे खबरका अनुसार आदित्य चोपडाले निर्माण गर्न लागेको ठूलो बजेटको फिल्ममा उनलाई डेब्यु गर्न लागिएको हो। 

फिल्मको सुटिङ २०२१ देखि हुनेछ। धार्मिक नेता जादुनाथ जी ब्रजरतन जी महाराजले एक अभियन्ता पत्रकार करसनदास मुलजीविरूद्ध दर्ता गरेको मुद्धालाई कथामा उतारिएको छ। 

जुनैदले २०१७ मा अमेरिकी एकेडेमी अफ ड्रामेटिक आर्ट्सबाट पढाई पुरा गरेका थिए।

प्रकाशित मिति: : 2020-12-11 15:46:00

प्रतिकृया दिनुहोस्