कोरियोग्राफर तथा निर्देशक रिमो डिसुजालाई हृदयघात

हिन्दी चलचित्रका प्रख्यात कोरियोग्राफर तथा निर्देशक रिमो डिसुजालाई हृदयघात भएको छ।

हाल उनको उपचार भइरहेको र स्वास्थ अवस्था खतरामुक्त रहेको छ। २ अप्रिल १९७४ मा भारतको बेङ्गलुरुमा जन्मेका डिसुजाले आफ्नो करियर ब्याक ग्राउण्ड डान्सरबाट सुरु गरेका हुन्।

निकै कडा मेहनतको साथ सफल भएका डिसुजा ले केही चलचित्रहरुको निर्देशन पनि गरेका छन्।

उनको निर्देशनमा निर्माण भएको पहिलो चलचित्र फाल्टु हो र अन्तिम चलचित्र एबिसीडि टू हो।

यसबाहेक उनले एबिसीडि, फ़्लाइङ्ग जट र रेस थ्रीको पनि निर्देशन गरेका छन्।

यसको साथै नाँच सम्बन्धि रियलिटि शोहरुमा जज पनि रहेका डिसुजालाई १० करोड को घोटाला गरेको आरोप पनि छ। जुन मुद्दा हाल अदालतमा विचाराधीन छ।

प्रकाशित मिति: : 2020-12-11 20:29:00

प्रतिकृया दिनुहोस्