(शिलापत्र सिरिज–२) : पार्टीका वकिलहरू गर्छन् न्यायालयलाई अन्याय

शिलापत्र

काठमाडौँ
Breaknlinks
Breaknlinks

मनबहादुर बस्नेत

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा सुनुवाइका क्रममा मागेको ‘निर्णय टिप्पणी’ पाँच वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुझाउन आनाकानी गर्‍याे । त्यसपछि २३ जेठ २०७६ मा सर्वोच्चको इजलासले १५ दिनभित्र कागज नबुझाए कारबाही हुने आदेश दियो । अख्तियारले एउटा समिति बनाएरै सक्दो प्रयास गर्दा पनि कागज भेट्न नसकेको प्रतिवेदन सर्वोच्चमा बुझायो । त्यसपछि यो मुद्दाको प्रगति केही छैन ।

१९ वर्षदेखि रुमल्लिइरहेको हाई प्रोफाइल व्यक्ति जोडिएको भ्रष्टाचारजन्य यो मुद्दामा एक जना यस्ता कानुन व्यवसायी जोडिएका छन्, जसले दलीय ओतमा हुर्किएकाहरूले राज्यसंयन्त्रलाई कुन हदसम्म प्रभावित पार्न सक्छन् भन्ने बुझाउँछ । ती कानुन व्यवसायी हुन्, नेपाली कांग्रेसनिकट प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) मा आवद्ध उपेन्द्रकेशरी न्यौपाने । न्यौपाने २०६४ मा डीएलएको अध्यक्ष बनेका थिए भने नेता जोशीको तर्फबाट बहससमेत गरेका थिए । 

परिषद्‌मा पुगेपछि

२०६० सालमा अख्तियारले जोशीविरुद्ध भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गर्‍याे । त्यसको तीन वर्षपछि विशेषले जोशीलाई हदम्याद नाघेको भन्दै सफाइ दियो । जोशीको मात्र होइन, त्यसबेला विशेष अदालतले ठूला भ्रष्टाचारका प्रायः सबै मुद्दामा हदम्यादकै कारण देखाएर कसुरबाट उन्मुक्ति दिएपछि अख्तियारले २०६५ मा हदम्यादको व्याख्या गरिदिन भन्दै सर्वोच्चमा निवेदन दियो ।

सर्वोच्चका तीनवटा छुट्टाछुट्टै इजलासले ‘तथ्यभित्र नपसी अभियुक्तलाई सफाइ दिने भावनाबाट ग्रसित भई फैसला गरेको भन्दै गम्भीर न्यायिक त्रुटि भएको र त्यस्ता न्यायकर्ता कारबाहीको भागीदार हुनुपर्ने’ एउटै आशयको फैसला गर्‍याे ।

प्रकाशित मिति: : 2020-12-11 21:02:00

प्रतिकृया दिनुहोस्