तीन महिनापछि जेलबाट छुटिन कन्नड अभिनेत्री सञ्जना

ड्रग मुद्धामा विगत तीन महिनादेखि जेलमा बन्द कन्नड अभिनेत्री सञ्जना गलरानी शुक्रबार जेलबाट छुटेकी छिन्।

तर, उनले महिनामा दुई दिन प्रहरीमा हाजिरी गर्नुपर्ने छ। उनलाई ८ सेप्टेम्बरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको थियो। 

सञ्जनालाई स्वास्थ्यको समस्या देखाउँदै अदालतले छोड्न आदेश दिएको हो। उनले जेलबाट बाहिर निस्किन तीन लाख रुपैयाँ धरौटी राख्नु परेको छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रगको मुद्धा बाहिर आएपछि एनसीबीले मुम्बईमा बसेर सबै छानवीन गर्दै आइरहेको छ।

छानवीन गर्नेक्रममा सञ्जनाको पनि ड्रग मुद्धामा नाम जोडिएपछि एनसीबीले पक्राउ गरेको थियो। उनीभन्दा अगाडि रागिनी द्धिवेदीलाई पनि एनसीबीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2020-12-12 15:05:00

प्रतिकृया दिनुहोस्