फिफालाई नेयमारकाे कटाक्ष, ‘टेनिसले काम गर्न छाडेपछि म बास्केटबल खेल्न थालेको छु’

बिएल संवाददाता

काठमाडाै‌ं

नेयमारले फिफा वर्ष खेलाडीको अन्तिम तीनमा नपरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड आलोचना उत्रिएका छन्।

फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा वायर्न म्युनिखका रोबेर्टो लेवान्डोवस्की, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी रहेका छन्।  

तर यसपालि पीएसजीलाई घरेलु लिग र च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका नेयमारको नाम भने अटाउन सकेनन्।

फिफाले नामावली सार्वजनिक गरेको लगत्तै नेयमारले असन्तुष्टि पोखेका छन्।

 नेयमारलेलेखेका छन्, ‘टेनिसले काम गर्न छाडेपछि म बास्केटबल खेल्न थालेको छु। मैले बास्केटबल पनि छाडें। अब म गेमर हुँ।’

यसैबीच, नेयमारका पिताले इन्स्टाग्राममा उनको समर्थनमा लेखेका छन्। 

कोरोनाको कारण देखाउँदै बालुन डि’ओर अवार्डको आयोजना स्थगित भए पनि फिफाले ‘वर्ष खेलाडी’को अवार्ड प्रदान गर्न लागेको हो। 

 ‘वर्ष खेलाडी’को घोषणा डिसेम्बर १७ मा गरिने बताइएको छ।

गत सिजन लिवानडोस्कीले बायर्नबाट ५५ गोल गर्दै च्याम्पियन्स लिग र बुन्डेस लिगासहित तीन उपाधि हात पारे। उनी बालुन डि’ओर अवार्डको समेत प्रमुख दाबेदार थिए।

यता रोनाल्डोले गत सिजन युभेन्टसबाट ३१ गोल गरेका थिए भने उनी सिरि ए जित्न पनि सफल भएका थिए।

गत सिजन २५ गोल गरेका मेसीले भने बार्सिलोनालाई कुनै उपाधि दिलाउन सकेनन्।

प्रकाशित मिति: : 2020-12-12 19:05:00

प्रतिकृया दिनुहोस्