सरकारले करदातालाई स्किम दिएको छ, कमजोरी गर्‍याे भनेर नठाने हुन्छ : विनोदबहादुर कुँवर [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

गत वर्षको भदौ १६ गतेबाट आन्तरिक राजस्व विभागको नेतृत्व सहसचिव बिनोदबहादुर कुँवरले सम्हालिरहेका छन्। करिब १५ महिना अवधिमा उनी खासै सार्वजनिक रूपमा देखा परेनन्। आफूले थालेका सुधार करदातासम्म पुग्नुपर्ने मान्यता उनी राख्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काम गर्दै गरेका कुँवरलाई तत्कालीन् अर्थसचिव डा राजन खनालले यो जिम्मेवारीका लागि छनाेट गरेका थिए। आन्तरिक राजस्वको संरचनामा कहिल्यै नबसेका कुँवर आफूले प्राविधिक, नीतिगत र संरचनागत सुधार अघि बढाएको बताउँछन्। नेपाल लाइभका सविन मिश्रले कुँवरसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश:- 

सामान्य प्रश्नबाट कुरा सुरु गरौँ, आन्तरिक राजस्व विभागको नेतृत्व गर्नु भएको १५ महिना पुरा भएको छ। यो बीचमा विभागको महानिर्देशकको रूपमा के काम गरेँ भन्ने लाग्छ?
व्यक्तिगत रूपमा महानिर्देशकले मात्रै के गरेँ वा गरिनँ भन्ने कुरा गौण हो। मैले विभागको नेतृत्व गरिरहँदा के-के काम भए भन्ने कुरा महत्वपूर्ण होला। तपाईंले भन्न खोजेको पनि त्यतै हो जस्तो लाग्छ।

म गत आर्थिक वर्षको भदौमा यहाँ आएँ। म आउने बेलासम्म त्यतिबेलाको सरुवा भएको थिएन। कर्मचारी व्यवस्थापनमा केही काम गर्‍याैं। त्यो सामान्य काम थियो। जतिबेला म यहाँ आएँ, त्यतिबेला १८/१९ प्रतिशतको राजस्व वृद्धिदर हासिल भइरहेको थियो। विगत १० वर्षकाे तथ्यांक हेर्ने हो भने २०/२१ प्रतिशतको वृद्धिदर हासिल भइरहेको थियो। हाम्रा सम्पूर्ण सूचकको सफल कार्यान्वयन नै मुख्य जोड दिएर काम अघि बढाएँ। विभागले समग्रमा ती सूचकको कार्यान्वयन गरेर विगतभन्दा राम्रो नतिजा दिन सकिन्छ भन्नेमा हामी थियौँ। फागुनसम्म पुग्दा करिब-करिब २६ प्रतिशतको राजस्व वृद्धिमा पुग्न सफल भयौँ। 

प्रकाशित मिति: : 2020-12-13 11:29:00

प्रतिकृया दिनुहोस्