भक्तपुरको चाँगुनारायण ५ पिखेलस्थित एक घरमा ग्यास लिक भएर आगलागी भएको छ ।
स्थानीय प्रदीप कार्कीको कच्ची ३ तले घरमा आइतबार राति ९ बजे खाना आगलागी भएको हो ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
परिसरका अनुसार आगलागीबाट ११ लाख ८६ हजार ५०० बराबरको धनमाल नष्ट भएको छ ।