प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट: नेता पाैडेल (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट भएको आरोप लगाएका छन्। 

काठमाडौंमा कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण भ्रष्टाचार बढ्न थालेको बताएका हुन्। 

‘वाइडबडिदेखि औषधि खरिदसम्म भ्रष्टाचार छ। भष्टाचारीलाई बचाउन सरकारनै लागि परेको छ। बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखाएको छ,’ उनले भने।
 
उनले मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्ने गरेको आरोप समेत लगाए। 

‘कम्युनिष्ट पार्टीका नेताहरूले भनिसके, यो सरकार नालायकी हो। यहाँ प्रधानमनत्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेका छन्। न्याय प्रणालीकोसमेत धज्जी उडाइएको छ,’ उनले भने।

उनले कांग्रेसका पालामा पनि भ्रष्टाचार भएको बताए। ‘हाम्रो पालमा पनि भष्टाचार नभएको होइन्। तर हामीले कारवाही गरेका थियौं। सरकारले त हिम्मत समेत गरेन,’ उनले भने। 

 

प्रकाशित मिति: : 2020-12-14 16:53:00

प्रतिकृया दिनुहोस्