लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रण गर्न बैठक

लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रण गर्न सिरहाका उच्च सुरक्षा अधिकारीहरूबीच सामुहिक छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलको उपस्थितीमा भएको छलफलमा लागुऔषध नियन्त्रण तथा सवारी दुर्घटना घटाउन विशेष अभियान चलाउनेबारे छलफल भएको हो। 

प्रमुख जिल्ला अधिकारी कणेलको कार्यकक्षमा भएको छलफलमा नेपाल प्रहरीका एसपी उमाशंकर पञ्जियार , शसस्त्र प्रहरी बलका एसपी दिपेन्द्र गिरी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय अनुसन्धानका उप–अनुसन्धान निर्देशक तुलसी प्रसाईं र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका  प्रहरी निरीक्षक दानबहादुर मिरिगँचिगँ लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: : 2020-12-17 12:05:00

प्रतिकृया दिनुहोस्