गोठमा आगो लाग्दा एक ८५ वर्षीय वृद्धाको जलेर मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

सप्तरीको राजबिराजमा आज बिहान गोठमा आगो लाग्दा एक ८५ वर्षीय वृद्धाको जलेर मृत्यु भएको छ।

त्यही गोठमा सुतेका झालाही यादव भने आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाएको छ।

विद्युत सट भएर लागेको आगोले गोठमा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको उनका छोरा मिश्रीलाल यादवले बताए।

आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।

आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानाएको छ ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको छ। 

आगलागीबाट मृत्यु भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-18 12:42:00

प्रतिकृया दिनुहोस्