सिरहामा क्वारेन्टाइनबाट ८ हजार ६ सय ३५ जना घर फर्किए, संक्रमित संख्या १६२५ ,२५ ले ज्यान गुमाए

फाइल तस्वीर
फाइल तस्वीर

सिरहामा क्वारेन्टाइनमा बसेकामध्ये हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ८ हजार ६ सय ३५ पुगेको छ।

त्यस्तै सिरहामा अहिले कोरोना संक्रमितको संख्या १६ सय २५ छ भने हालसम्म संक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले बिएल नेपाली सेबालाई दिएको जानकारीअनुसार हाल सिरहामा ८ क्वारेन्टाइनस्थल छन् भने क्वारेन्टाइन बेडसंख्या १ सय ८५ रहेको छ। 

No description available.

त्यस्तै आइसोलेसनमा बेड संख्या १ सय १५ छ। हाल सिरहामा आइसोलेसनबाट निको भएर १५ सय ७३ जना घर फर्किएका छन्।

यसमा पुरूष २२ र महिला ५ जना गरि २७ जना उपचारमा रहेको प्रमुख जिल्ला अधिकारी कणेँलले बताए।

सिरहामा हालसम्म ११ हजार ९ सय ५४ जनाको स्वाब संकलन भएकोमा ११ हजार ९ सय ९३ जनाको स्वाब परीक्षण भएको पनि उनले बताए।

प्रमुख जिल्ला अधिकारी कणेँलले गएको पुष २८ गतेबाट सिरहा अस्पतालमा पिसिआर ल्याब सञ्चालन गरि निःशुल्क परीक्षण थालिएको पनि बताए।

प्रकाशित मिति: : 2020-12-18 16:42:00

प्रतिकृया दिनुहोस्