काेराेना खाेप नि:शुल्क गर्छाैं: अर्थमन्त्री पाैडेल

बिएल संवाददाता

काठमाडाै‌ं

अर्थमन्त्री विष्णु पौडेलले काेराेना भाइरसविरुद्धको खाेपको शुल्क सरकारले व्यहोर्ने बताएका छन्। काेराेनाको लक्षण देखिएका नेपालीको नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै खाेपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्।

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेललेयसका लागि आवश्यक संवाद भइरहेको समेत बताए। 

‘खाेपमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ’,  उनले भने। 

उनले खोप आयात गरी नागरिकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने समेत जिकिर गरे। 

‘विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा जारी छ। सरकारले पनि  आयात तथा वितरणका लागि लागिपरिरहेको छ।  उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ,’ उनले भने। 

मन्त्री पौडेलले मापदण्डअनुसार काेराेनाविरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए। 

उनले काेराेनाबाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागिपरेको जनाए। ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ’, उहाँले भन्नुभयो।   

प्रकाशित मिति: : 2020-12-18 18:08:00

प्रतिकृया दिनुहोस्