बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि आजदेखि खुला

बिएल संवाददाता

काठमाडाै‌ं

गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिएको छ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि  नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि खुलाउन लागिएकाे हाे। 

बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दका अनुसार मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको हाे।

नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो। मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष स्थगित गरिएको थियो।

बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ। ठूलो शिलामा जलमाथि भगवान् शयन गरेको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ। त्यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन्।
 

प्रकाशित मिति: : 2020-12-20 08:48:00

प्रतिकृया दिनुहोस्