सरकारी विभागहरुमाथि भएको साइबर आक्रमणमा रुस जिम्मेवार: मन्त्री पोम्पेओ

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सरकारी विभाग तथा निकायहरुमाथि भएको भनिएको अहिलेसम्मकै ठूलो साइबर आक्रमणमा रुस जिम्मेवार रहेको बताएका छन्।

अमेरिकाको परमाणु हतियार रेखदेख गर्ने ऊर्जा विभागले आफूविरुद्ध साइबर आक्रमण भएको बताएको छ। अमेरिकी सरकारले आफ्ना विभागविरुद्धकाे यो साइबर हमला अहिलेसम्मकै ठूलो भएकाे जनाएको छ।

पोम्पेओले भनेका छन्, ‘हामीले स्पष्ट रुपमा यो भन्न सक्छौँ कि यस साइबर आक्रमणका पछि रुसको हात छ।’

तर साइबर आक्रमणले हतियार भण्डारणमा कुनै असर नपरेको विभागले दाबी गरेको गरिसकेकाे छ। तर आक्रमणको निशानामा विगतका केही महिनादेखि उर्जा मन्त्रालयसहितका सरकारी निकाय रहेको अमेरिकी निकायले बताएका छन्।

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेर भेटिएको बताएको थियो।

गएको हप्तापनि साइबर आक्रमणको निशानामा अमेरिकी फर्म सोलार विन्ड्सले विकास गरेको सफ्टवेयर परेको थाहा भएको थियो।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साइबर आक्रमणको गाम्भीर्यतालाई अवमुल्यन गरेका छन्। उनले अवस्था नियन्त्रणमा रहेको बताएका छन्। उनले आक्रमणमा रुसको संलग्नता नरहेको हुन सक्ने पनि बताएका छन्।

आक्रमणको आरोप लागेको रुसले भने आफ्नो कुनै पनि संलग्नता अस्वीकार गरेको छ।

प्रकाशित मिति: : 2020-12-20 06:25:00

प्रतिकृया दिनुहोस्