स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष छलफलमा जुटे

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्।

१ बजेका लागि बालुवाटारमा तय भएको नेकपा स्थायी समिति बैठकअघि नै दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेका हुन्।

मन्त्रिपरिषद्‍बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेका छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन र मध्यावधि चुनावको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए पनि शीतलनिवासबाट यसबारे औपचारिक जानकारी आइसकेको छैन।

प्रकाशित मिति: : 2020-12-20 13:34:00

प्रतिकृया दिनुहोस्