बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

Breaknlinks
Breaknlinks

बागलुङमा प्रहरीले आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद गरेको छ । 

जिल्लाका विभिन्न स्थानबाट भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बढिगाड गाउँपालिका १ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका ३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेका हुन् ।

यसबारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

प्रकाशित मिति: : 2020-12-21 13:54:00

प्रतिकृया दिनुहोस्