कांग्रेसले डाकेको सर्वदलीय बैठकमा प्रचण्ड, नेपाल र खनाल पुगे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले डाकेको सर्वदलीय बैठकमा भाग लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले डाकेका हुन्।

 बैठकमा भाग लिन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

उनीहरू सोमबार अपरान्ह ४ बजे सानेपा पुगेका हुन्।

बैठकका लागि जनता समाजवादीलगायत दललाई पनि कांग्रेसले बोलाएको छ। तर काेही पुगेका छैनन्।

प्रकाशित मिति: : 2020-12-21 16:48:00

प्रतिकृया दिनुहोस्