जीवन शर्माकाे गीत गुनगुनाउँदै ओलीले भने,‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’

प्रचण्ड र नेपाल पक्षलाई कारबाही नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने बताएका छतन्। 

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउन नचाहेको बताएका हुन्।

उनले जीवन शर्माको गीत गुनगुनाउँदै भने,‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन। पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने मेरो घोषणाा हो।’

यस्तै उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कुनै पनि नेताहरुलाई कारबाही पनि नहुने स्पष्ट पारे।

बैठकमा अध्यक्ष अ‍ोलीले १९७ सदस्यपछि थप्ने गरी ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2020-12-22 12:00:00

प्रतिकृया दिनुहोस्