ओली समूहले भाेलि सातै प्रदेशमा भेला गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको केपी शर्मा ओली समूहले भाेलि (बुधबार) सातै प्रदेशमा भेला गर्ने भएको छ।

बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको हाे।

ओली समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने निर्णय गरेकाे छ।

नयाँ सदस्यहरुलाई आजै शपथग्रहण गराइएकाे थियाे।
 

प्रकाशित मिति: : 2020-12-22 13:39:00

प्रतिकृया दिनुहोस्