विदामा बसेका प्रहरीलाई फिर्ता बोलाइयो, हाललाई राजीनामा स्वीकृति बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरी प्रधान कार्यालयले देशको राजनीतिक अवस्था जटिल बन्दै गएपछि विदामा बसेका प्रहरी कर्मचारीलाई काममा फर्कन निर्देशन दिएको छ।

संसद विघटन भएको दिननै प्रहरी मुख्यालयले देशभरका प्रहरी युनिटलाई पत्राचार गर्दै विदा स्वीकृत भएर बसेकालाई तत्काल काममा फर्कन र विदा बन्द गर्न परिपत्र गरेको हो। 

त्यसैगरी मुख्यालयले सेवा अवधि पुगेका तथा बिचैमा राजीनामा दिनेको हकमा अहिलेलाई स्वीकृत नगरेकाे मुख्यालय स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 

स्रोतले भन्यो, ‘देशको राजनीतिक अवस्थालाई हेरेर मुख्यालयले बिदा तथा राजीनामा स्वीकृत गरेकाे छैन।’ 

प्रहरी प्रवक्ता एसएसपी बसन्त कुवरले भने अहिलेलाई त्यस्तो कुनै निर्णय नभएको बताए। ‘त्यस्तो खासै निर्णय भएको छैन, प्रहरीले नियमीत काम गरिरहेकै छन्’, प्रवक्ता कुवरले भने।

नेकपा पार्टी दुई चिरा भएपछि बेग्लाबेग्दै भेला तथा बैठकहरु हुनथालेपछि प्रहरीले देशैभर सुरक्षा सतर्कता बढाएको छ।

प्रकाशित मिति: : 2020-12-22 21:44:00

प्रतिकृया दिनुहोस्