वाइडेनको अगाडि चुनौती बन्दै कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकाका नयाँ राष्ट्रपतिको सपथ २० जनवरीमा लिँदै गर्दा डेमोक्र्याट जो वाइडेन अर्को तनावमा हुनेछन्। अमेरिकामा पछिल्लो समय कोराना भाइरस घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ। 

‘दि गार्डियन’ पत्रिकाका अनुसार यसै साता मात्र अमेरिकामा १६ लाख नयाँ संक्रमित फेला परेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत साताको तुलनामा अहिले १४ प्रतिशतले महामारी अमेरिकामा बढेको छ। यो साता यति धेरै संख्यामा अन्य कुनै पनि मुलुकमा कोरोना बृद्धि भएको छैन। 

क्यालिफोर्निया शहरमा मात्र यो साता पाँच लाख नयाँ संक्रमित भेटिएका छन्। अस्पतालमा बढ्दो संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेड कम हुन थालेको बताएको छ। 

वाइडेनले पनि मंगलबार यो स्विकार गरिसकेका छन्, ‘आउँदो समय झन् धेरै समस्या भोग्नुु पर्नेछ।’ उनले मंगलबार नै कोरोना टास्क फोर्सका सल्लाहकार डाक्टर एन्थोनी फौसीसँग कुराकानी गरेका छन्। वाइडेनमाथि राष्ट्रपतिको सपथ खाएको दिनदेखि नै कोरोनालाई नियन्त्रणमा राख्ने सबैभन्दा ठूलो चुनौती हुनेछ। किनभने वाइडेनको जितमा सबैभन्दा ठूलो हात कोरोना भाइरस नियन्त्रणको मुद्धा थियो। 

उनले चुनावको बेला कोरोना नियन्त्रणमा डोनाल्ड ट्रम्पको प्रशासन फेल भएको दावी गरेका थिए। वाइडेनले मंगलबार भने, ‘यो साँचो कुरा हो। आउँदो समय झनै कस्टकर बन्न सक्छ। हामीले कोभिडविरूद्ध लडाईं लड्नु पर्नेछ।’ 

सल्लाहकार फौसीले पनि मंगलबार कोरोना खोप लगाएका थिए। खोप लगाएपछि स्थानीय रिपोर्टरलाई अन्तर्वार्ता दिँदै उनले भने, ‘यो सुरक्षित छ। म लाखौ अमेरिकालाई छिट्टै खोप लगाउन आवहान गर्छु।’

प्रकाशित मिति: : 2020-12-23 11:14:00

प्रतिकृया दिनुहोस्