प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
आजदेखि माओवादी केन्द्रको महाअधिवेशन हुँदैछ। तर निम्तो पाएपनि एमाले अध्यक्ष केपी ओली त्यहाँ नजाने भएका छन्।
माओवादीको महाअधिवेशन छल्न ओली यतिबेला गृह जिल्लामै छन्। यता विभिन्न कार्यक्रम बनाएर ओली अल्झिरहेका छन्। एमालेको महाधिवेशनमा यसरी नै माओवादी अध्यक्ष पनि गएका थिएनन्।
त्यही मौकामा उनले झापामा हिजो आफ्नै पार्टीको सम्मान लिन भ्याए। त्यहाँ उनले युग स्रष्टा, राजनेताको उपाधि लिए। ५ फिट अग्लो सम्मान लिँदै ओलीले चुनाव नहुन्जेल संसद चल्न नदिने उद्घोष पनि गरे।
तीन दिनका लागि झापामा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतै व्यस्त छन्। ओलीले आज साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम छ।
यसैगरी साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू-टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्ने छन्। यस्तै साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गर्ने भएका छन्।
आजै साढे २ बजे शान्ति मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि निर्माणाधीन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ।
अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ। अध्यक्ष ओली आज दमकमै बस्ने भएका छन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया