भारतीय क्रिकेटर चहलले गरे बिहे

भारतीय क्रिकेटर युजवेन्द्र चहल मंगलबार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले धनश्री वर्मासँग विवाह गरेको फोटो आफ्नो सोसल मिडियाबाट सार्वजनिक गरे। 

दुवैले आइपीएलको १३ औं संस्करणमा बिहेको कुरा छिनेका थिए। आइपीएलमा रोयल च्यालेञ्जर्स बेङ्गलुरुको खेल हेर्न धनश्री युनाइटेड अरब इमिरेट्स पुगेकी थिइन। युजवेन्द्र आरसीबीबाट खेल्ने गर्छन। 

धनश्री युट्युबर हुन्। उनी युट्युबमा आफ्नो नाचको भिडियो पोस्ट गर्छिन। उनी कोरियोग्राफीमा पनि सक्रिय छिन्। 

भारतीय क्रिकेट बोर्डले उनलाई बिहेको बधाई दिएको थियो। चहलले ५४ एकदिवसीयमा ९२ विकेट तथा ४५ टि–२० मा ५९ विकेट लिएका छन्।

 ९९ आइपीएल खेलमा उनले १ सय २१ विकेट लिइसकेका छन्।

प्रकाशित मिति: : 2020-12-23 11:59:00

प्रतिकृया दिनुहोस्