गायिका केरी कटोनाले चुरोट पिउन छोडिन्

चर्चित साङ्गितिक समूह एट्मिक किटनकी मुख्य गायिका केरी कटोनाले चुरोट पिउन छोडेकी छिन्। 

ओके म्यागजिनसँग कुरा गर्दै गायिका कटोनाले आफूले सबैभन्दा पहिले १५ वर्षको उमेरमा चुरोट पिएको र लगातार २५ वर्षसम्म यो बानी छोड्न नसकेको बताएकी छिन्।

दिनमा ४ बट्टासम्म चुरोट पिउने गायिका कटोनालाई अचानक चुरोटसँग घृणा हुन लागेकाे हो। 

उनी भन्छिन् – चुरोट पिउने बानी सबैभन्दा खराब रहेछ।

सन् २०२१ मा चौथो पटक रयान मेहोनीसँग विहे गर्ने योजनामा रहेकी गायिका कटोना फेरी एकपटक आमा बन्न चाहन्छिन्। 

६ सेप्टेम्बर १९८० को दिन बेरिङ्ग्टन, बेलायतमा जन्मेकी गायिका कटोनाका चर्चित एल्बमहरुमा होल अगेन, इसिन्सियल, राइट नाउ आदि छन्।

प्रकाशित मिति: : 2020-12-24 10:07:00

प्रतिकृया दिनुहोस्