भोलिबाट चलचित्र हल खुल्दै, ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः रिलिज हुने

Breaknlinks
Breaknlinks

कोभिड–१९ का कारण ९ महिना बन्द रहेको फिल्म हल भोलि शुक्रबारबाट खुल्ने भएको छ। शुक्रबार फिल्म हलमा ४ वटा चलचित्र एकै पल्ट रिलिज हुने चलचित्र संघले बिएल नेपाली सेवालाई जानकारी दियो।

भोलि नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ रिलिज हुदैछ। यी चलचित्र गत वर्ष फागुन ९ मा रिलिज भएका थिए तर कोरोना महामारीका कारण चलचित्र चल्दाचल्दै रोकिएका थिए । त्यस्तै, अंग्रेजी चलचित्र ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ पनि रिलिज हुनेछ। 

चलचित्र रिलिजका लागि अधिकांस हलले आन्तरिक तयारी गरिसकेको चलचित्र संघले बतायो। हलमा कोभिड–१९ बाट बच्न सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको छ। 

भोलि पुनः देखाइने ‘आमा’ चलचित्र दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो। यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरीता गिरी लगायताको अभिनय रहेको छ। त्यस्तै, रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाह्याङ राई लगायतको अभिनय छ। 

कोभिड–१९ को जोखिम कम हुँदै गएसँगै अन्य व्यवसाय संचालनमा आए पनि सरकारले चलचित्र हल सञ्चालनको लागि अनुमति दिएको छैन। 

अहिले चलचित्र संघले आफै घोषण गरे अनुसार हल खोल्न लागेका हुन्। हल सञ्चालन गर्दा सरकारले बल प्रयोग गरेका आफू गिरफ्तारी दिन तयार रहेको संचालकले बताएका छन्।

प्रकाशित मिति: : 2020-12-24 14:00:00

प्रतिकृया दिनुहोस्