नेकपा (ओली)ले उपाध्यक्षकाे जिम्मेवारी बादललाई दिँदै

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल ओली पक्षमा लागेका छन्। 

बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन्।

पौने २ बजे सुरु भएको बैठकमा थापा सहभागी भएको केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए। 

चार दिनसम्म कुन समूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रोजेका थिए।

उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए।

बादल आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ। 

उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना छ। 
 

 

प्रकाशित मिति: : 2020-12-24 14:19:00

प्रतिकृया दिनुहोस्