मध्यावधि निर्वाचन घोषणा अग्रगमन: बादल

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्री रामबहादुर थापा बादलले मध्यावधि निर्वाचन घोषणा अग्रगमन भएको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (ओली)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले प्रतिक्रान्तिलाई सहयोग गर्न केही नेताहरु गुटबन्दी गर्दै चोइटिएर जान खोजेको बताए। 

उनले भने, ‘टुक्राउन खोज्नेहरु सफल हुन खोजेका छन्। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ।’

यस्तै उनले प्रतिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहदा। जनता दुखित भएको बताए। 

जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको उनले बताए। 

बादलले भने, ‘मध्यावधि पश्चगमन होइन, अग्रगमन हो। लोकतन्त्रमा जनतामा जानु अन्यथा हुँदै होइन।’

उनले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको समेत बताए। 
 

प्रकाशित मिति: : 2020-12-24 16:46:00

प्रतिकृया दिनुहोस्