‘कोरोनाको उपचार खोज्ने अभियानमा संलग्न हुने इच्छा छ’

सन् १९८४ मा आएको सुपरहिट गीत ‘लाइक अ भर्जिन’की गायिका म्याडोनाको नामसँग सबै परिचित छन्।

उनै गायिकाले आफ्नो पेरिस भ्रमणको समय आफूलाई लागेको सामान्य रुघाखोकीलाई पत्र पत्रिकाहरुले कोरोना पोगिटिभ भनेर दिएको समाचारको खण्डन गरेकी छिन्। 

कोरोना भाइरस संक्रमणको उपचार खोज्ने अभियानमा आफू पनि संलग्न हुन् इच्छा भएको बताउने गायिका म्याडोना भन्छिन्,‘म तन, मन र धनले सहयोग गर्न चाहन्छु साथै यो भाइरसको बारेमा गहिरो अनुसन्धान गर्नु जरुरी छ।’ 

१६ अगस्ट १९५८ को दिन बे सिटी, मिचिगन मा जन्मेकी गायिका म्याडोना गायिकाको साथै गीतकार, गितार बादक, अभिनेत्री, समाजसेवी र सफल ब्यापारी पनि हुन्। 

यौनको बारेमा राख्ने खुल्ला विचार र पहिरनको कारण पनि समय–समयमा विवादमा आउने गायिका म्याडोना आफ्नो छ पटकको असफल बैबाहिक जीवनको कारण पनि चर्चामा रहने गर्छिन्। 

पापा डोन्ट पिच, क्रेजी फर यु, भोएग, हयांग अप जस्ता कालजयी गीतकी गायिका म्याडोनाको सम्पत्ति ८ सय मिलियन डलर छ।

प्रकाशित मिति: : 2020-12-25 19:52:00

प्रतिकृया दिनुहोस्