रेशम पुनको ‘ओ मेरी जुरेली’ सार्वजनिक

गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । 

लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन् ।

श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । 

केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । गीतलाई श्रीपेजको टिभिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ । रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ । 

भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो ।

प्रकाशित मिति: : 2020-12-25 20:42:00

प्रतिकृया दिनुहोस्