लिज्जोले दिइन् आफ्नी आमालाई अत्यन्तै महँगो गाडी उपहार

लिज्जो नामले परिचित गायिका मिलेसा भाइभन जेफरसनले क्रिसमस उपहारको रुपमा आफ्नी आमालाई अत्यन्तै महँगो गाडी उपहार दिएकी छिन्।

आफ्नो इन्स्ट्रग्राम अकाउण्टमा भिडियो पोष्ट गर्दै गर्दे उनले आउडि गाडी आफ्नाे आमालाई दिएकाे जानकारी दिएकी हुन्।

लिज्जोका अनुसार गाडीकाे मूल्य करिब ५ लाख डलर रहेकाे छ। उनले कुनै समय दुइ छाक खान समेत धौधौ हुने कारण यस्ता गाडी सडकमा दौडेको मात्र देख्न गरेकाे सम्झिएकी थिइन्।

२७ अप्रिल १९८८ डेट्रोइट, मिचिगन मा जन्मेकी गायिका लिज्जोको प्रख्यात गीतहरुमा वाटर मी, फोन, फिटनेस, कज आइ लभ यु, टेम्पो आदि छन् र उनका केही एल्बमहरुमा लिज्जो ब्यानर्स, डिउ प्रोसेस एण्ड प्रोडक्ट आदि छन्।

धेरै पटक ग्र्यामी अवार्ड पनि प्राप्त गरिसकेकी गायिका लिज्जो आफ्नो शरीर प्रदर्शनको कारण पनि परिचित छिन्।

प्रकाशित मिति: : 2020-12-25 21:35:00

प्रतिकृया दिनुहोस्