हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ ।
शनिबार थापाथली स्थित प्रसूति गृह पछाडि कोभिड–१९का कारण रोजगारी गुमाई भोकै परेहरुलाई टीमले न्यानो ब्लाङ्केट वितरण गरेको हो ।
जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको टीमका अध्यक्ष विमल पन्तले बताए ।
कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।