प्लेयर अफ द डिकेड अवार्ड स्कटल्यान्डका कायल कोएट्जरलाई

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कायल कोएट्जरले हात पारेका छन्।

आइसीसीले आइतबार विजेताको घोषणा गरेको हो। यो अवार्डको मनोनयनमा नेपालका पारस खड्का पनि थिए। तर उनले अर्वाड भने जित्न सकेनन्। 

सन् २०१० देखि २०१९ सम्म गरेको प्रदर्शनका आधारमा विजेताको चयन भएको हो। यो सुचिमा पारससँगै कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा परेका थिए। 

कोएट्जरले यस अवधिमा २ हजार २ सय २७ एकदिवशीय अन्तर्राष्ट्रिय रन बनाएका छन्।

यसैगरि स्कटल्यान्डकै क्याथरिन ब्राइसले आइसिसी एसोसिएट वुमन  ‘प्लेयर अफ दी डिकेड’को अवार्ड जितेकी छिन्।

आइसीसी टीट्वेन्टी टिम अफ दी डिकेडमा भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल, अस्ट्रेलियाका एरोन फिन्च, भारतका विराट कोहली, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, भारतका महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका कायरन पोलार्ड, अफगानिस्तानका रसिद खान, भारतका जसप्रित बुमराह र श्रीलंकाका लासिथ मालिङ्गा परेका छन्।

प्रकाशित मिति: : 2020-12-27 15:20:00

प्रतिकृया दिनुहोस्