राहत रकम प्रतिव्यक्ति दुई हजार डलर बनाउने व्यवस्था तल्लो सदनबाट पारित

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसबाट प्रभावित भएकाहरुका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेयक पारित गरेकाे छ।

सोमबार बेलुका डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनले पारित गरेकाे हाे। याेसँगै अब काेराेना प्रभावित नागरिकले पाउँदै आएकाे भत्ता ६ सयबाट बढेर २ हजार पुगेकाे छ।

शनिबार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले सदनबाट पारित भएको कानूनमा परिमार्जित नगरेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिएका थिए।

तर ट्रम्पले सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। 

अन्ततः  पेसर थेग्न नसकेर उनले स्थानीय समय अनुसार आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन्। 

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप ल्याएको थियो।
 
यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा सहमति जुटेको थियो।

अब याे विधेयकलाई अघि बढाउने नबढाउने निर्णय ट्रम्पको पार्टी (रिपब्लिकन) को नियन्त्रण रहेको माथिल्लो सदन सिनेटमा छ। 

राहत रकम बढाउने प्रस्तावको विपक्षमा १३० रिपब्लिकन, दुई स्वतन्त्र तथा दुई डेमोक्र्याटले मत दिएका हुन्।

याे प्याकेज कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने छन्।

यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि याे प्याकेज ल्याइएकाे हाे। यसमा पनि केही रकम खर्च गरिने जनाइएकाे छ।  

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए।

प्रकाशित मिति: : 2020-12-29 08:27:00

प्रतिकृया दिनुहोस्