अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा विदेशी हस्तक्षेप स्वीकार हुँदैन: कमल थापा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने बताएका छन्। 

चिनियाँ टोलीको नेपाल भ्रमणलाई संकेत गर्दै मंगलबार उनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाएका हुन्।

थापाले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला?’​

मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन
चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव,प्रभाव,हस्तक्षेप दिनथाले नेपालको स्वाभिमान/सार्वभौमिकता/जनताको निर्णायकत्वको के हाल होला?

— Kamal Thapa (@KTnepal) December 29, 2020
प्रकाशित मिति: : 2020-12-29 14:06:00

प्रतिकृया दिनुहोस्