विदेशी दबाब, प्रभाब र हस्तक्षेप अस्वीकार्य: कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता बिदेशी एजेण्डा भएको बताएका छन्। 

विदेशिको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि काङ्ग्रेस -एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे । 

मकवानपुरको आफ्नो चुनावी क्षेत्र बागमती गाउँ पालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले बिदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए । 

राप्रपा सबै धर्मलाई बराबरिको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ती नभएको तर योजनावद्ध ढंगले धर्म परिबर्तन गराउदै हिड्ने प्रवृत्तिको भने बिरोध गरेको स्पष्ट पारे ।

धर्म नास हुदा नैतिक मूल्य,मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार ,ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । 

कसैसँग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो । विदेशीहरु आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्बभौमिकता कमजोर भएको थापाको भनाई थियो। 

विदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को विरोध गरे । चुनाव जित्ने संगठन अहिलेको आवश्यकता भएको थापाको भनाई थियो ।

कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल साबित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार ब्यक्त गरे । 

जिल्ला अध्यक्ष रामहरी न्यौपाने, क्षेत्रीय अध्यक्ष राजाराम अर्याल,गोबर्धन गौतम ,राजन घिमिरे लगायतले बोलेको कार्यक्रममा विभिन्न ब्यक्तिलाई थापाले पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति: : 2020-12-29 16:54:00

प्रतिकृया दिनुहोस्