कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
नयाँ पत्रिका दैनिक
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यकर्तालाई ‘तोकिएको समयमा पार्टीको चौधौँ महाधिवेशन हुने’ कुरा जतिसुकै बुझाए पनि यसले कार्यकर्ताको मनभित्रको संशयलाई मेट्न सकेको देखिँदैन। कोरोना महामारीको तेस्रो चरण ‘डेल्टा भेरियन्ट’ नेपालका सहर–बजार र गाउँ–बस्तीमा फैलिन थालिसकेको अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाले कांग्रेसको चौधौँ महाधिवेशन हुन्छ भनेर मात्रै महाधिवेशन हुने होइन। मानिसको ज्यानको मूल्यमा पार्टीको महाधिवेशन कहीँ भएको पनि छैन र हुनु पनि हुँदैन। प्रधानमन्त्री देउवाले पदमा बस्नेबित्तिकै खोपलाई आफ्नो प्राथमिकता बताएका थिए। त्यसअनुरूप नै अरू कार्यक्रमका रूपरेखा पनि निर्देशित हुनुपर्छ।
देशको प्रधानमन्त्री भएकै कारण देउवाले कोरोनालाई नै आधार ‘बनाएर’ महाधिवेशनको मिति अलि पर घचेट्न नसक्ने होइनन्। अहिलेको अवस्थामा उनले महाधिवेशन ‘हुन्छ, हुन्छ, हुन्छ’ को रटान नरटे पनि हुन्छ। पार्टीको महाधिवेशन गर्नुपर्ने समयावधि नै एक वर्ष र पाँच महिना घर्किसकेको अवस्थामा आफैँले कुन मुखले त्यसलाई अझै पछि धकेल्नु ? भन्ने लागेको पनि हुन सक्छ, प्रधानमन्त्री देउवालाई। तर, पार्टी कार्यकर्तालाई महामारीको मुखमा धकेल्नुभन्दा केही समयका लागि महाधिवेशन स्थगित गर्नु नै बुद्धिमत्ता हुनेछ। कार्यकर्ताहरू पनि सभापतिको संवेदनशीलता देखेर दंग पर्नेछन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया