एमा रोबर्ट्सले बिबाह पूर्व बच्चा जन्माएकाे खुलासा

हलिउड स्टार जुलिया रोबर्ट्सकी भतिजी र गायिका/नायिका एमा रोबर्ट्सले बिबाह पूर्व नै तीन दिन अगाडी बच्चा जन्म दिएको खुलेको छ।

नायिका रोबर्ट्सको साथी गेरेट हेडलन्डले बच्चाको नाम रोडेस राखेको टीएमजेडले बताएको छ। यसैबीच नायिका रोबर्ट्सले नवजात बच्चा र आफ्नो पुरुष मित्रको तस्वीर इन्स्टाग्राममा सेयर गर्दै मेरो दुई प्रिय ब्यक्ति भनेर लेखेकी छिन।

१० फव्रुअरी १९९१ को दिन न्युयोर्कमा जन्मेकी नायिका रोबर्ट्सले अभिनय गरेका सिनेमाहरुमा अमेरिकन हरर स्टोरी, नान्सी ड्रिउ, होटल फर ड्ग्स, लिटल इटली, प्यारडाइज हिल्स, इन अ रिलेसनसीप, आइ एम माइकल, अग्ली डल्स, भर्जिनिया, बिग लभ आदी छन्।

प्रकाशित मिति: : 2020-12-31 13:31:00

प्रतिकृया दिनुहोस्