प्रदिप गिरीको ५० लाख फ्रिज हुँदा बन्न सकेन ठाँडीमा बसपार्क (भिडियाे)

सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाँडीमा निर्माण प्रकृया थालेको १० बर्ष बितिसक्दा पनि बसपार्क निर्माण सम्पन्न हुन सकेको छैन। 

१० वर्षअघि जिल्ला विकास समितिको २० लाख लागतमा बसपार्क स्थलमा एक तले कार्यालय र गाउँपालिकाको ५ लाख लागतमा मेनरोडबाट बसपार्क जोड्ने कच्चि सडक बनाउने अभियान सुरु भएको थियो। तर बजेट अभावमा बसपार्क निर्माण सम्पन्न हुन सकेन। 

बसपार्क स्थलमा अहिले एउटा पोखरी छ। स्थानीय गृहणीले त्यहाँ गुईँठा बनाउँछन्। गाईभैँसीलाई घाम ताप्न प्रयोग गरिन्छ। 

ठाँडी नेपाल-भारत ब्यस्त नाकामध्ये एक हो। ठाँडीबाट १ किलोमिटर उत्तरमा बसपार्क स्थल छ। 

नेपाली कांग्रेसका बौद्दिक नेता तथा विघटित प्रतिनिधिसभा सदस्य प्रदिप गिरीले आर्थिक वर्ष ०७६/०७७ मा संसदीय कोषबाट यो बसपार्क निर्माण सम्पन्न गर्न ५० लाख छुट्याएका थिए।  

भगवानपुर गाउँपालिका प्रमुख बेचन प्रसाद यादवले बिएल नेपालीसँग भने–तर कोभिडका कारण टेण्डर हुन सकेन र बसपार्क निर्माण अधुरै रह्यो ।

प्रकाशित मिति: : 2021-01-01 14:46:00

प्रतिकृया दिनुहोस्