‘सन्तानसँग टाढा रहनु निकै दर्दनाक हुनेरहेछ’

गायिका केरी कटोना र उनको भाबी पति रयान महोनी हाल कोरोना भाइरस पोजिटिभ देखिए पछि सेल्फ आइसोलेसनमा छन्।

फिमेल फस्ट डट कमसँग कुरा गर्दै गायिका कटोना भन्छिन्,‘क्रिसमस जस्तो मुख्य पर्वको समयमा आमा र बच्चाहरु भन्दा टाढा रहनुको पीडा सहन अफ्ठ्यारो हुँदो रहेछ, हे भगवान यस्तो रोग कसैलाई नलागोस्।’ 

आफ्नो भाबी पतिसँग बसेर टाढाबाट भएपनि बच्चाहरुले गरेको रमाइलो हेर्दै रहेकी गायिका कटोना भन्छिन्,‘अहिले म पनि सँगै भएको भए रमाइलो झन् बढी हुन्थ्यो।’ 

आफ्नो पीसीआर रिपोर्ट पोजिटिभ आउँदा छाँगोबाट खसेको जस्तो अनुभब गरेकी गायिका कटोना भन्छिन्,‘त्यो समयको अनुभब हृदयविदारक थियो, मैले त्यस्तो नरमाइलो अनुभब आज सम्म गरेको छैन, त्यो अनुभब म कसैलाई ब्यक्त गर्न सक्दिन।’ 

सबैले यो रोगलाई गम्भीरता पुर्बक लिनु पर्ने विचार राख्ने गायिका कटोना भन्छिन्,‘सबैलाई नयाँ बर्ष २०२१ को हार्दिक शुभकामना छ।’

प्रकाशित मिति: : 2021-01-01 15:09:00

प्रतिकृया दिनुहोस्