काजोलको त्रिभंगा १५ जनवरीमा नेटफ्लिक्समा रिलिज हुने

चर्चित बलिउड नायिका काजोलको डिजिटल डेब्यू सिनेमा त्रिभंगा १५ जनवरीमा नेटफ्लिक्समा रिलिज हुने भएकाे छ। 

नायिका काजोलले आफ्नो इन्स्टग्राम अकाउण्टमा सिनेमाको सानो भिडियो राखेर यो खुलासा गरेकी हुन्। 

मुम्बई (पहिले बम्बई)को पृष्ठभूमिमा आधारित यो सिनेमाद्वारा नायिका काजोल डिजिटल प्लेटफर्म मा प्रबेश गर्दै छिन्। त्रिभंगाको अर्थ बाङ्गो टिङ्गो, सनकी तर सेक्सी महिला हो। 

अभिनेत्री रेणुका शहाणेद्वारा निर्देशित र लिखित यो सिनेमामा तन्वी आजमी र मिथिला पालकरले पनि अभिनय गरेकी छिन्। 

५ अगष्ट १९७४ को दिन मुम्बई भारतमा जन्मेकी नायिका काजोल अभिनेता अजय देबगणकी पत्नी र पुरानी नायिका तनुजा र निर्माता शोमु मुखर्जीकी छोरी हुन्।

प्रकाशित मिति: : 2021-01-02 12:21:00

प्रतिकृया दिनुहोस्