रास्वपाद्वारा देशभर जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक, ६७ जिल्लामा नेतृत्व चयन गरिँदै
बिएल संवाददाता
पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’ले विश्व मजदुर दिवस (मे १)का अवसरमा सोमबार काठमाडौंमा आफ्ना कविता वाचन गर्ने भएका छन्।
थापागाउँस्थित मण्डला थिएटरमा ‘कन्सेप्ट नेपाल’ले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनले एकदर्जन कविता वाचन गर्ने भएका छन। उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्णसँगै एकल वाचनसमेत हुन लागेको हो।
साथै उनलाई ५१ हजार रूपैयाँ नगदसहित सम्मान गरिने कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिए।
‘उहाँको संघर्षपूर्ण जीवन प्रेरणादायी छ,’ भादगाउँले भन्छन्, ‘गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टाको सम्मानमा हामीले कार्यक्रम गर्न लागेका हौं।’
‘हामी बर्सेनि एकजना यस्तै प्रतिभाशाली स्रष्टाको कार्यक्रम गर्नेछौं,’ भादगाउँले भन्छन्,‘गुमनाम भुइँमान्छेलाई यसरी बाहिर ल्याउँदा हामीलाई आत्मसन्तुष्टी मिल्छ।’
बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता छन्। उनका सिर्जनामा शोषित, पीडित, भुइँमान्छेका आवाज प्रतिविम्वित हुन्छन्।
६० वर्षको उमेरका ‘प्रतीक’ पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फोर्ने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोंगन गरे।
पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको जग्गा छैन र घर पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्।
कन्सेप्ट नेपालले विगतमा वि.सं. २०७५ फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो।
कन्सेप्ट नेपाल साहित्यिक पर्यटन प्रवर्धननमा पनि सक्रिय छ। उसले पोहोर ‘खप्तड काव्ययात्रा– २०७५’ र यसपाली ‘फोक्सुन्डो काव्ययात्रा २०७६’ आयोजनाका साथै उसले पर्यटन साहित्य प्रवर्द्धन गर्न खप्तड काव्ययात्रा– २०७५, फोक्सुन्डो काव्ययात्रा– २०७६ र आँपस्वारा काव्ययात्रा– २०७९ आयोजना गरी लेखकहरूलाई घुमाएको थियो छ। ती ठाउँको प्रवर्द्धन गर्न काव्ययात्रा कोशेढुंगा बनेकाे छ।
रास्वपाद्वारा देशभर जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक, ६७ जिल्लामा नेतृत्व चयन गरिँदै
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया