शून्य छ संसार

Breaknlinks
Breaknlinks

आज सूर्य उदाएको छैन
रातको जूनले साथ दिएको छैन
मरूभूमिमा एउटा यस्तो दृश्य बनेको छ
लाग्छ अब मेरो देश नांगिनेछ

तिम्रो आचरणले गर्दा
तिम्रो मनोबलले गर्दा
आज रिसाएको छ सुनौलो प्रातः
तिम्रो लोचनको अगाडि
मेरो सदनको छतमाथि

म कसरी बाँचौँ अब
मेरो धर्ममा धब्बा लागेको छ
मेरो आस्थामा दाग लागेको छ
तिम्रो मिथ्या व्याख्याद्वारा
आज समाज पनि भ्रममा परेको छ

हाम्रा  मुनिहरूले
अनाधिकालबाट बचाएर ल्याएको आस्था
आज तिम्रो युगमा आएर 
मिथ्या भएको छ
आज तिम्रो हाथमा आएर
विभाजन भएको छ
आज तिम्रो आँगनमा आएर
विभेद भएको छ

मेरो शरीरको कणकणमा 
मेरा पूर्खाको रगत बगेको छ
म आज आएर मौन भए भनेँ
गगनमा बसेका मेरा पिता रिसाउने छन्
धर्तीमा बसेकी मेरी जननी रिसाउने छिन्
त्यसैले म यस्तो ध्वनिका साथ अगाडि बढ्ने छु
भोलिको युगमा गएर पनि 
मेरो आस्था अडिक रहोस्
मेरो संस्कृति निश्चल रहोस्
मेरो परम्परा अमर रहोस्
र! मपनि यही धर्मको अनुयायी बन्न सकूँ

प्रकाशित मिति: : 2021-01-02 17:08:00

प्रतिकृया दिनुहोस्