कृषिमा विदेशी लगानी खुलाः कृषि मन्त्रालयलाई थाहै छैन

शिलापत्र

काठमाडौँ

रमेश भारती

सरकारले कृषि क्षेत्रमा विदेशी लागानी भित्र्याउन कानुनी बाटो खुल्ला गरेको छ । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत साता कृषिमा विदेशी लगानी भित्र्याउनका लागि निर्णय भएसँगै अब विदेश लगानीकर्ता नेपालको कृषिमा लगानी गर्न बाटो समेत खुलेको हो । 

उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल गठित अध्ययन कार्यदलले सरकारलाई दिएको सुझावका आधारमा अनुसूची संशोधन गरेर विदेशी लगानी भित्र्याउन बाटो खुलाइएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए । 

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसूची संशोधनमार्फत ५० करोड रुपैयाँ स्थिर पुँजी लगानी  गर्न मिल्ने र ७५ प्रतिशत उत्पादन लगानीअनुसार निर्यात गर्न मिल्ले शर्तमा कृषिमा विदेशीका लागि बाटो खुलाएको उद्योग मन्त्रालयका प्रवक्ता डा. रेग्मीले बताए ।

‘कृषिका विभिन्न क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रावधानसहितको अनुसूची मन्त्रिपरिषद् बैठकबाट पारित भयो । सर्तसहित विदेशी लगानी खुल्ला गरिएको हो । उद्योग मन्त्रालयको  सहसचिवकै नेतृत्वमा गरिएको अध्ययनलाई आधार मान्दै कार्यविधि संशोधन गरिएको हो,’ उनले भने, ‘संशोधित अनुसूचीका आधारमा कृषिमा विदेशी लगानी भित्रिँदा आर्थिकसँगै ठूलो संख्यामा रोजगारी र कृषिमा आधुनिक प्रविधि समेत भित्रिन्छ ।’

प्रकाशित मिति: : 2021-01-03 11:40:00

प्रतिकृया दिनुहोस्