नक्कली पीसीआर रिपोर्ट लिएर हिँडेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

फ्लाई दुबईको जहाजबाट युएई जान लागेका उनीहरूलाई प्रहरीले विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-01-03 13:32:00

प्रतिकृया दिनुहोस्