‘ल्यारी किङ्ग लाइभ’का प्रस्तोतालाई कोरोना संक्रमण

प्रशिद्ध टेलिभिजन टक शो ‘ल्यारी किङ्ग लाइभ’का प्रस्तोता ल्यारी किङ्गलाई कोरोना भाइरसको संक्रमण भएको छ।

८७ वर्षीय किङ्गको उपचार चलिरहेको छ र उनको अबस्था खतरामुक्त भएको जनाइएको छ।

सीएनएनले एक विश्वस्त सुत्र को हवाला दिँदै भनेको छ,‘किङ्ग लामो समयदेखि बिभिन्न स्वास्थ समस्यासँग लडिरहेका थिए।’ 

अमेरिकाका राष्ट्रपतिहरुमा करिब २५ राष्ट्रपति र लगभग सबै जसो सेलिब्रेटीहरुको अन्तर्वार्ता लिसकेका किङ्गको कार्यक्रममा निमन्त्रणा पाउनु भनेको कुनै पनि ब्यक्तिको लागि गर्वको बिषय हुन्थ्यो।

आफ्ना चोटिला सम्बादहरुले पाहुनाहरुलाई हसाउने किङ्ग चर्चित रेडियो प्रस्तोता पनि हुन्। 

१९ नोभेम्बर १९३३ ब्रुकलिन, न्युयोर्कमा जन्मेका किङ्गका अन्य कार्यक्रमहरुमा ‘ल्यारी किङ्ग’ नाउ पनि हो।

लेखकको रुपमा पनि परिचित किङ्गद्वारा लिखित पुस्तकहरुमा माइ रिमार्केबल, टेल मि मोर, ल्यारी किङ्ग, द बिग कोइसन आदि छन्।

प्रकाशित मिति: : 2021-01-03 19:47:00

प्रतिकृया दिनुहोस्