पत्नी सीताको उपचारका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको मुम्बई प्रस्थान

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई थप उपचार गर्न भारतको मुम्बई प्रस्थान गरेका छन् । उनलाई बिहान साढे ११ बजेको उडानबाट मुम्बई लगेका हुन्। 

सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने छ। 

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी एसपी’ भनिन्छ । 

यस्तो मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

प्रकाशित मिति: : 2021-01-04 11:30:00

प्रतिकृया दिनुहोस्