त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ परेका छन्।

झापा मेचीनगर–२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन्।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए।

चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2021-01-04 13:15:00

प्रतिकृया दिनुहोस्