कोहलपुर ओपन क्रिकेट प्रतियोगिता सुरु

बाँकेको कोहलपुरमा ‘केसिए कोहलपुर ओपन क्रिकेट प्रतियोगिता–२०७७’ सुरु भएको छ । 

कोहलपुर–११ मा रहेको प्रस्तावित कोहलपुर अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

कोरोना महामारीपछि पहिलोपटक शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा प्रदेश स्तरीय क्रिेकट प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।

नकआउट प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, रुपन्देही, दाङ, बर्दिया र बाँके जिल्लाका टिमको सहभागिता छ । 

बीबी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयर प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

प्रतियोगितामा न्युदर्पण युथ क्लब, ढकेरी किंग्स, कोहलपुर क्रिकेट एकेडेमी, रनियापुर क्रिकेट क्लब, च्याम्पियन्स स्पोर्ट्स क्लब, कारकादो क्रिकेट क्लब सहभागी छन् । 

यस्तै कोहलपुर स्ट्राइकर्स, जगुअर क्रिकेट क्लब, बिबि वारियर्स, रझेना टर्मिनेटर, युभीसीसी कोहलपुर, नेपालगञ्ज च्याम्प, बिबिसीसी किर्तिपुर, राझा स्पोर्ट्स क्लब, सम्झना स्पोर्ट्स क्लब र न्युरोड –११ को प्रतियोगितामा सहभागीता रहेको छ । 

प्रतियोगिता आयोजक समितिका सदस्य बिनायक गिरीले प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । 

प्रतियोगिताको उद्घाटन खेलमो न्यु दर्पण युथ क्लब र जगुअर क्रिकेट क्लब बीच खेल हुने उनको भनाइ छ । 

दोश्रो खेलमा दिउसो १ बजे कोहलपुर स्ट्राइकर्स र करकादो क्रिकेट क्लब बीच हुने उनले बताए ।

 ‘कोहलपुर क्रिकेट प्रतियोगितालाई  प्रदेशकै उत्कृष्ट प्रतियोगिता बनाउने उद्देश्य पनि हो। त्यसैले स्तरीय प्रतियोगिता आयोजना गर्न स्थानीय युवाहरु प्रतिवद्ध भएर अघि बढेका हौँ। स्थानीय प्रतिभा जन्माउने हाम्रो उद्देश्य रहेको छ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरीले भने। 

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उप–विजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: : 2021-01-04 16:25:00

प्रतिकृया दिनुहोस्